आज मिति २०७७ साल मङ्सिर १८ गते, बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
१. | थाइल्याण्ड अधिराज्य | H.E. Mr. Vosita Vorasaph | आवासीय |
२. | स्टेट अफ इजरायल | H.E. Mr. Hanan Goder-Goldberger | आवासीय |
३. | जनवादी गणतन्त्र बंगलादेश | H.E. Mr. Salahuddin Noman Chowdhury | आवासीय |
४. | रिपब्लिक अफ युनियन अफ म्यानमार | H.E. Mr. Sein Oo | आवासीय |
(बद्रिनाथ अधिकारी)
प्रवक्ता