उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री अग्निप्रसाद सापकोटाज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री पुष्पा भुसाल (गौतम)ज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७९ साल साउन १ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता