आज मिति २०७७ साल मङ्सिर २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम |
| १. | यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ |
| २. | सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ |
(बद्रिनाथ अधिकारी)
प्रवक्ता


